२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

साहुले घर लुट्यो, सरकारले वाटिकाको बास

मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे ।

gif

‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख रुपैयाँ मिटरब्याज साहुसँग ऋण लिएँ ।’ पैसा लिएको एक वर्षपछि २ लाख १० हजार र दुई वर्षपछि थप ३ लाख ९० हजार गरी ६ लाख बुझाएको उनी बताउँछन् ।

तर मिटरब्याज साहुले अझै ऋण रहेको भन्दै आठ कट्ठा जग्गा हडपे । ‘हामी पढे–लेखेको नाइँ, साहुले झुक्याएर जग्गा आफ्नो नाम गरेछन्’ उनले भने, ‘जग्गा माग्दा उल्टै २४ लाख माग्न थाले ।’

साहुविरुद्ध अदालत जान सकेनन् । किनकि मिटरब्याज साहुसँग तमसुक थियो, तर उनीसँग केही थिएन । त्यसैले न्याय पाइने आसमा उनी काठमाडौं आएका थिए । ‘आवाज सुनाउने ठाउँ कतै नभएपछि परिवार बोकेर यहाँ आएँ’, उनले सुनाए ।

काठमाडौं आउँदा उनलाई लागेको थियो, सरकारले समस्या सुनिदेला, मिटरब्याज साहुले हडपेको जग्गा फिर्ता पाइएला । तर जग्गा फिर्ता पाउनुपर्ने माग राखेर वर्ष दिन धर्नामा बस्दा पनि कुनै सुनुवाइ भएको छैन । तैपनि न्याय पाउने झिनो आसमा रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना बसिरहेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।